
काठमाडौं । नेपाली बजारमा शुक्रबार(आज) एकै दिन सुनको मूल्य ४ हजार रुपैयाँले बढेको छ।
बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बिहीबार फागुपूर्णिका सार्वजनिक बिदा परेकोले सुनको मूल्य निर्धारण गरिएको थिएन।
आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६ दशमलव ६ अमेरिकी डलर र चाँदी ३३ दशमलव ८५ डलरमा कारोबार भइरहेको छ।