images
images

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जनाको सर्टलिस्ट, बुधबार अन्तरवार्ता

काठमाडौं नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि गठित सिफारिस समिति सर्टलिस्टमा परेका पाँच जनाको नाम सार्वजनिक गरेको छ ।

आवेदन दिएकामध्ये  चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, पूर्ण प्रसाद आचार्य,  बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका हुन् ।

संक्षिप्त सूचीमा छनौट भएका आवेदकहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बिहान ७ बजे अर्थ मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

समितिले प्रमुख कार्यकारी अधिकृत पदका लागि संक्षिप्त सूचीमा छनोट भएका आवेदकहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन सूचना जारी गरेको छ । आवेदकहरूलाई नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवको पुष्टि गर्ने सक्कल कागज प्रमाणहरू लिई उपस्थित हुन समितिले भनेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS