images
images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका साथै पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक १०८१ माथिको दफावार छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS