images

प्रचण्डको आरोपः विगतका राजारमहाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतका राजारमहाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका राजारमहाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिएरु दरबार हत्या काण्ड कसले कसरी गरेको हो भन्नेकुरा युवालाई बुझाउन जरुरी रहेको बताएका हुन्।

‘नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारीया राजाहरुले कसरी गरेका थिए, विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा, महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयहरु गएर नेपालको बेइज्जत कति धेरै गराएका थिएरु’ उनले भने, ‘दरबार हत्याकाण्ड कसले कसरी गरेको हो, यो युवालाई बुझाउनुपर्छ।’

उनले अरु सबै कुरा परिवर्तन गर्न सकिने तर जनतामा गएको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता परिवर्तन गर्न नसकिने बताए। उनले राजावादीहरुले गरेको प्रदर्शन संविधानविपरीत भएको उल्लेख गरे।

उनले भने, ‘अहिले तथाकथित राजावादीहरुले जे गरेका छन् त्यो संविधान विपरित काम हो। जनताको सार्वभौम सत्ता खोस्नेतिर गएका छन् । जनतालाई फेरि रैती बनाउने उद्देश्यले प्रेरित छ । त्यसलाई कुनै हालतमा सफल हुन दिइने छैन।’

दाहालले कांग्रेस–एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउन लागेको चर्चा गरिएको भन्दै आफूहरुले सरकारमा जाने कुनै नीति नलिएको बताए। देशमा संकट आएको खण्डमा संकट समाधानका लागि आफूहरुले विचार दिने तर यही सरकारमा गएर सामेल नहुने जिकिर गरे। सरकारमा जानेबारेमा औपचारिक कुरा कसैसँग नभएको बताए।