
काठमाडौं । काठमाडौं उपत्यकामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका मध्ये १३ वटा क्याम्पसहरूको आधिकारिक नतिजा आएको छ । परिणाम अनुसार अखिल क्रान्तिकारी ५ क्याम्पसमा जित निकाल्न सफल भएको छ ।
अखिलबाट बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी, जनप्रशासन क्याम्पसमा अनिकेत तिवारी, सानोठिमी क्याम्पसमा नरेन्द्रसिंह ठगुन्ना, काठमाडौं इन्जिनियरिङ कलेज कालीमाटीमा अपार पराजुली र जनकपुर इन्जिनियरिङ कलेज भक्तपुरमा प्रकाश पुडासैनी विजयी भएका छन् ।
यस्तै नेविसंघबाट थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रह्लाद खड्का, महाराजगन्ज नर्सिङ क्याम्पसमा विन्दु पोखरेल, आयुर्वेद क्याम्पसमा निशान अर्याल र थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रह्लाद खड्का विजयी भएका छन् ।
अनेरास्ववियुबाट नेपाल कमर्श क्याम्पसमा विशाल रोकाया, महेन्द्ररत्न क्याम्पस ताहाचलमा ईश्वर थापा र ललितकला क्याम्पसमा आशिष् पौडेल विजयी भएका छन् ।
पुलचोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी भएका छन् । मङ्गलबार सम्पन्न निर्वाचनमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो ।