images
images

यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय 

काठमाडौं सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् ।

सरकारका प्रवक्ता गुरुङका अनुसार विश्व बैंकमार्फत् विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ।

त्यसैगरी ऋण असुली न्यायाधिकरणको बैकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णयसमेत भएको छ । बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले बताए ।

अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने तथा सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्ति गर्ने निर्णय भएको उनले जानकारी दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS