
काठमाडौं । इण्डियन प्रिमियर लिग आइपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् ।
विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको छ ।
लखनउका पूर्व कप्तान केएल राहुलले दिल्लीबाट तथा ऋषभ पन्तले आफ्नो पुरानो फ्रेन्चाइज दिल्लीको सामना गर्नेछन् ।
लखनउले आफ्ना तीव्र गतिका बलरहरू घाइते हुँदा चुनौतीको सामना गरिरहेको छ । भने, दिल्लीले मिचेल स्टार्क, मोहित शर्मा र टि नटराजनसँग आफ्नो तीव्र गतीको बलिङ आक्रमणलाई झनै बलियो बनाएको छ ।