
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।
सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । शाक्यले पदभार सम्हालिसकेका छन् । सोही प्रकणमा घिसिङले दिएको मुद्दामा सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको हो ।
घिसिङले सरकारले आफूलाई बद्नियतपूर्ण रूपमा कैरकानुनी तवरले हटाएको दाबी गरेका छन् । उनले आफूलाई काम गर्न दिन अन्तरिम आदेशको माग गरेका छन् ।