images

राजावादीको प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्याँस

काठमाडौं राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा सुरु भएको राजावादीको प्रदर्शन निर्धारित स्थानबाट अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

स्थानीय प्रशासनले प्रदर्शनका लागि निर्धारण गरेको तीनकुनेबाट राजावादी समूह नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

उनीहरूलाई अगाडि बढ्नका लागि रोक्न प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।