
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई राजीनामा गराउन खोजेको बताएका छन् ।
शनिबार दिउँसो उनले फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै स्टाटस लेखेका हुन् ।
उनले लेखेका छन् – मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’
बालेनले कस्ले राजीनामा दिन लाउँदै छ भन्ने विषयमा थप खुलाएका छैनन् ।