images

टर्की भूकम्प अपडेट : एकसय जनाको मृत्यु, थुप्रै मानिस भग्नावशेषमा पुरिएको आशङ्का

एजेन्सी । टर्कीमा सोमबार बिहान ७.८ तीव्रताको भूकम्प आएको छ ।

झट्का राजधानी अंकारा, नुरदगी सहरसमेत १० सहरमा महसुस गरियो । यसबाहेक सिरिया, लेबनान र इजरायलमा भूकम्पको झट्का महसुस गरिएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीले हालसम्म एकसय जनाको मृत्युको पुष्टि भएको जनाएका छन् । यीमध्ये ५ जनाको मृत्यु ओस्मानिए सहरमा भयो । टर्कीका यी दुई सहरमा ५० वटा घर ढलेको बताइएको छ ।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्वेका अनुसार पहिलो भूकम्पको केन्द्र कहरामनमारस प्रान्तको गाजियान्टेप सहरभन्दा ३० किलोमिटर टाढा र जमिनबाट करिब २४ किलोमिटर मुनि थियो ।

स्थानीय समयानुसार भूकम्प बिहान ४ बजेर १७ मिनेटमा आएको थियो । यसको ११ मिनेटपछि ६.७ तीव्रताको दोस्रो भूकम्प पनि आयो ।

यसको केन्द्र जमिनभन्दा ९.९ किलोमिटर मुनि थियो । दोस्रो भूकम्पको १९ मिनेटपछि ५.६ तीव्रताको तेस्रो भूकम्प पनि आयो । त्यसैले थुप्रै मानिस भग्नावशेषमा दबिएको आशङ्का गरिएको छ । उद्धार कार्य तीव्र पारिएको छ ।