images

आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल ओमानसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दै छ ।

खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा बुधवार राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो । ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरीजमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो । क्यानडा भ्रमणका क्रममा पनि नेपालले हारको शृङ्खला दोहोर्‍याएको छ, जुन जित्न आवश्यक थियो ।

नेपाल शीर्ष स्थानमा रहँदै नम्बर वान एशोसिएट राष्ट्र बन्न देशबाहिरका खेल जित्न जरुरी छ । नेपाल लिग २ का पाँच खेलमध्ये ४ मा पराजित हुँदा २ अङ्कका साथ सातौँ स्थानमा छ ।

आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अङ्क जोडेर नेपालभन्दा एक स्थान माथि छ । पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन् । यो सिरिजअन्तर्गत नेपालले क्यानडासँग अर्को खेल ६ गते र ओमानसँग ८ गते खेल्नेछ ।