
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ६ बजे बस्ने छ ।
आजको बैठकमा सकारका नियमित कामकारबाही, समीक्षाका साथै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा समेत छलफल हुने बताइएको छ ।
मन्त्रिपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्ने छ । समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्नेछ । सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन् ।
कांग्रेस र एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भइसकेकाले समितिको बैठक बसेर उनीसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको बुझिएको छ ।