
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेका छन् ।
पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बनमा राखेर छानविन गर्न लागिएको हो ।
गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो ।
यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगरप्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन् । यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति बनाइएको हो ।
समितिले प्रतिवेदन नदिएसम्म बढीमा ६ महिना निलम्बनमा राखिएको प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई दिएको पत्रमा उल्लेख छ ।