चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।

सोमवारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन्।

अघिल्ला वर्षहरुमा तामझामका साथ यस्ता पसलहरुको शुभारम्भ गरिने गरिए पनि यसपटक औपचारिक कार्यक्रम बिनै सुरु गरिएको हो। त्यस्ता पसलहरुमा नागरिकले ५ देखि १० रुपैयाँ छुट पाउन सक्नेछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख धर्मकुमारी राजवंशीले खाद्य व्यवस्था कार्यालयबाट चामल, मसलाजन्य सामाग्रीहरु, केराउ, दाल, तेलहरु विक्रीमा राखिएको बताइन्।

उनका अनुसार चामल, गहु दाल, केराउमा प्रतिकेजी ५ रुपैँया छुट दिइएको छ भने चिनीमा ५ रुपैयाँले छुट दिइएको छ।

यस्तै, चिउरा, आँटा, पिठो, मैदा, चियापत्ती जिरा, धनियाँ मसलाहरुमा प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिइएको छ भने तेलमा प्रतिलिटर ७ रुपैयाँका दरले छुट दिएको छ।