
काठमाडौं । वेस्ट इन्डिजसँगको तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ ।
‘युनिटी कप’ टी–२० शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली टोलीमा मोहम्मद आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल सन् २०२२ पछि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । त्यस्तै जोरा पनि सन् २०२४ को टी–२० विश्वकपपछि टोलीमा समावेश भएका हुन् ।
नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० शृङ्खला आउँदो असोज ११, १३ र १४ गते संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ ।
नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ ।
नेपाली टोली :
रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम ।