
काठमाडौं । बडादसैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ।
यसवर्षको विजया दशमीका दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ।
२०८२ सालमा असोज ६ गते घटस्थापना हो। बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ।
असोज ७ गते मंगलवार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा छ।
असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासन बिहान ९:२३ बजे तोकिएको छ। १४ गते महाअष्टमी र १५ गते महानवमी रहेको छ।
यस्तै १६ गते टीका छ भनेर २० गते कोजाग्रत पूर्णिमा रहेको छ।