
काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएमा राजीनामा दिने चेतावनी दिएको भनी केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
उनको सचिवालयले एक व्यक्ति जारी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग सौहार्दपूर्ण छलफल भएको दावी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयता विभिन्न पत्रपत्रिकाहरू र सञ्चारमाध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले ‘पूर्वप्रधानमन्त्री केपि शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।’