images

बालेन र सुधन गुरुङविरुद्ध जुलुससहित तनहुँमा जाहेरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध तनहुँमा पनि किटानी जाहेरी परेको छ ।

नेकपा एमालेनिकटका जनसंगठनका नेता(कार्यकर्ता जुलुससहित जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर किटानी जाहेरी दिएका हुन् । जाहेरी दिनेमा अनेरास्ववियु तनहुँका संयोजक आशिष पौडेल र युवा संघका अध्यक्ष सुरेन्द्र तामाङ छन् । जेन–जी आन्दोलनको क्रममा देशको मुख्य प्रशासनिक, न्यायापालिका भवन, निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्ने, प्रहरी तथा विद्यार्थीको ज्यान जाने गरी भिडहरूलाई उक्साएको उनीहरूमाथि आरोप छ ।

भिडलाई उक्साएको सामाजिक सञ्जालका फोटो, भिडिओ, स्टाटसजस्ता प्रमाण उनीहरुले बुझाएका छन् ।