images
images

३३ किलो सुन प्रकरणः फरार प्रतिवादी अग्रवाल पक्राउ

काठमाडौँ । ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा इन्टरपोलबाट रेड नोटिस जारी भएका कृष्ण गोपाल अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

झापाको शिवगञ्ज स्थायी घर भएका अग्रवाल दुबईबाट फर्कने क्रममा नेपाल प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो।

उक्त प्रकरणमा प्रतिवादी बनाइएका अग्रवाल लामो समयदेखि फरार थिए। यसअघि नेपाल प्रहरीले इन्टरपोल शाखामार्फत रेड नोटिस जारी गर्न पत्राचार गरेको थियो। उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS