images

नेपाल-अष्ट्रेलिया सिधा उडानका लागि प्राधिकरण र अष्ट्रेलियन दूतावासबीच छलफल

काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाइ उडानको विषयमा छलफल भएको छ।

मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र अष्ट्रेलियाली दूतावासका डेपुटी हेड अफ मिसन पल म्याकचर्नबीच छलफल भएको हो।

दुई देशबीच सिधा हवाइ उडानका लागि भएको छलफलमा दूतावासबाट सकरात्मक प्रतिक्रिया आएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

“दुई देशबीच सिधा हवाइ उडान गर्न प्रारम्भिक प्रक्रिया सुरू भएको छ,’ प्रवक्ता निरौलाले सेतोपाटीसँग भने, ‘दूतावासबाट सकरात्मक प्रतिक्रिया आएको छ। सम्भवतः चाँडै उडान सुरू हुन सक्छ।’

हाल विदेशी वायु सेवाले यी गन्तव्यमा उडान गर्दै आएका छन्। दुई देशबीच उडान सुरू भएसँगै नेपाली वायु सेवाले पनि नयाँ गन्तव्य पाउने प्रवक्ता निरौलाले बताए।

यसअघि सन् २०१९ सेप्टेम्बरमा नेपाल र अष्ट्रेलियाबीच हवाइ उडाडका लागि सम्झौता भएको थियो। तर कोरोना माहामारीका कारण कार्यान्वयनमा आउन सकेको थिएन।