images

दुई महिनामा ६ अर्ब बढीको मोवाइल फोन नेपाल भित्रिए

काठमाडौं, ११ असोज । पछिल्लो दुई महिनामा विभिन्न देशबाट नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट भित्रिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९–८० को पहिलो दुई महिनामा उक्त रकम बराबरको मोबाइल फोन सेट नेपाल भित्रिएका हुन्।

सो समयमा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँको मोबाइल फोन नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा ४ लाख ३८ हजार ९८५ थान मोबाइल सेट नेपाल भित्रिएको छ । नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट आउने गरेको छ ।

पछिल्लो दुई महिनामा चीनबाट मात्र नेपालमा ४ अर्ब ६७ करोड ४४ लाख ३२ हजार रुपैयाँको मोबाइल सेट भित्रिएको छ । गत आर्थिक वर्ष २०७८–७९ को पहिलो दुई महिनामा नेपालले विभिन्न देशबाट १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँको १४ लाख ९८ हजार ७६५ थान मोबाइल सेट आयात गरेको थियो ।