images

डेंगु लागेर वनमन्त्री तथा कांग्रेस उम्मेदवार थापाको निधन

काठमाडौं । प्रदेश–१ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको छ । मोरङ क्षेत्र नम्बर ३ ‘१’ बाट प्रदेशसभा उम्मेदवार समेत रहेका उनको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । निमोनिया भएका ५८ वर्षीय उनी एक महिनादेखि उपचारका क्रममा थिए ।

थापालाई गत असोज २४ गते डेंगु संक्रमण पुष्टि भएको थियो । नेपाली कांग्रेसका नेता थापालाई डेंगुसँगै निमोनिया संक्रमण भएको थियो । नोबेल मेडिकल कलेजका निर्देशक राजेश नेपालका अनुसार थापाको बुधबार बिहान १०.४० बजे निधन भएको हो ।

थापाको निधनपछि मोरङ क्षेत्र नम्बर ३ ‘१’ प्रदेशसभातर्फको चुनावी कार्यक्रम पनि रोकिने भएको छ । उनी गत असोज २३ गतेदेखि नै बिरामी परेपछि चेकजाँच गर्दा डेंगु देखिएको थियो । असोज २३ मा उम्मेदवारी दर्ता गरेपछि उनी असोज २४ गते काठमाडौं वसुन्धरास्थित ह्याम्स अस्पतालमाा उपचारका लागि भर्ना भएका थिए ।

उनले अस्पताल भर्ना भएयता चुनाव प्रचार गर्न पनि पाएका थिएनन् । ह्याम्समा एक महिना लामो उपचार पछि थापालाई मंगलबार मात्रै नोबेल अस्पतालमा लगिएको थियो । उनले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निजी सहयोगीका रुपमा २०५७ देखि ८ वर्षसम्म काम गरेका थिए ।

उनी २०७० सालको संविधानसभा निर्वाचनमा अहिलेकै क्षेत्रबाट चुनावी मैदानमा थिए । तर त्यसबेला एमालेका चण्डी राईसँग हार्न पुगे । उनी ०७४ सालमा कांग्रेसबाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य भएका थिए । यस पटक भने उनी प्रत्यक्षबाट चुनावी मैदानमा थिए । तर उम्मेदवारी दर्ता लगत्तै बिरामी परेपछि चुनावअगावै उनको निधन भयो ।

कांग्रेसबाट नयाँ उम्मेदवार खोजिँदै

मोरङ–३ अन्तर्गत प्रदेशसभा ९१० का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भए पनि यहाँको निर्वाचन स्थगित नहुने भएको छ।​ ​

कांग्रेसबाट नयाँ उम्मेदवार खोजिँदै छ र प्रदेशको चुनाव नसर्ने जानकारी पनि दिएका छन ।

मोरङ–३ अन्तर्गत प्रदेशसभा (१) मा मनोनयन प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरेको हो। निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले नयाँ उम्मेदवारको मनोनयन, दाबीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाइने जानकारी दिए। उनका अनुसार मंसिर ४ गतेको निर्वाचन स्थगित हुने छैन।