images

ललितपुर ३ बाट रास्वपाकी तोसिमा कार्की विजयी, मन्त्री पम्फा भुषाल तेस्रो स्थानमा

काठमाडौं । ललितपुर ३ बाट माओवादी केन्द्रकी उपमहासचिव समेत रहेकी उर्जामन्त्री पम्फा भुसाल चुनाव हारेकी छिन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्की ले चुनाव जितेकी छिन् ।

नेकपा एमालेका अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।

यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।