images
images

दाइजोको निहुँमा श्रीमती कुटपिट गर्ने डा. पंकज पक्राउ

काठमाडौं । दाइजोको निहुँमा श्रीमतीमाथि कुटपिट गरेको आरोप लागेका डा पंकज चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले चौधरीलाई मंगलबार साँझ पक्राउ गरेको हो।

चौधरीलाई उनकै घर रामगोपालपुर नगरपालिका-५ बाट पक्राउ गरिएको महोत्तरीका एसपी कृष्ण पंगेनीले नेपाल लाइभलाई जानकारी दिए। उनले दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरेका थिए।

पक्राउ परेका पंकजविरुद्ध दाइजो लिन नहुने र घरेलु हिंसासम्बन्धी दुई वटा कसुरमा मुद्दा चलाइने एसपी पंगेनीले बताए।

तीन वर्षअघि काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दै गर्दा महोत्तरी औरहीकी नेहासँग पंकजको भेट भएको थियो। त्यसपछि प्रेममा परेका उनीहरुले २०७७ फागुन ६ गते टिकाटालो गर्दै एक वर्षपछि २०७८ फागुन २५ गते विवाह गरेका थिए।

५१ लाख रुपैयाँसहित नेहाको परिवारले २० तोला सुन दाइजो दिएको थियो। दाइजो कम भएको भन्दै पंकजको परिवारले नेहालाई मानसिक तनाव दिन थालेको थियो। पछि पंकजले समेत नेहालाई घरेलु हिंसा गर्न थालेका थिए।

त्यसपछि प्रहरीले पंकजलाई पक्राउ गरेर सम्झाई-बुझाई गरेर छाडेको थियो। त्यसपछि पनि दाइजोको निहुँमा घरेलु हिंसा हुने क्रम नरोकिएपछि उनीविरुद्ध नेहाले उजुरी दिएकी थिइन्।

नेहाले आफूमाथि हिंसा भएको सार्वजनिक गरेपछि पंकजलाई ग्राण्डी अस्पतालले सेवाबाट निकालेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS