
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार रूपैयाँले बढेर एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने १५ रूपैयाँले घटेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५ सय रूपैयाँ कायम भएको थियो ।
तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।