images

अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आउने

एजेन्सी । अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउने तय भएको छ ।

अमेरिकी उच्चस्तरीय राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड नेपाल भ्रमणमा आउने भएकी हुन् । नयाँ सरकारले नेतृत्व लिएपछिको यो भ्रमण विदेशी मुलुकबाट हुने पहिलो भ्रमण हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको छ । उपमन्त्री नुल्यान्डको भ्रमण नयाँ सरकारसँगको तालमेल र सहकार्यका लागि हुनेछ । उनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित अन्य दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने छिन् ।

अमेरिकी उपमन्त्री नुल्यान्डको भ्रमणको विषयमा वासिङ्टन डीसीबाट विज्ञप्ति सार्वजनिक हुनेछ । मुख्य गरी अमेरिकाको अनुदान सहयोगमा अघि बढेको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) कोे बारेमा छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय विकासका लागि नियोग (यूएसएआईडी) मार्फत भइरहेका र भविष्यमा हुने प्रस्तावको बारेमा र अन्य विषयमा पनि छलफल हुनेछ ।