images

मस्तिष्क विकासको लागि खानैपर्ने ६ खानेकुरा

काठमाडौं । हामिले दैनिक खाने खानेकुरामा पौस्टिक तत्वको अभाव रहेको छ भने हामिलाई बढी भूल्ने र विर्सने समस्या देखिन सक्छ । सन्तुलित भोजन र नियमित व्यामले हामिलाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । शारिरीक विकासको लागी जस्तै मस्तिष्कको विकासको लागि पनि हामिले नियमित रुपमा पौष्टिक आहारको सेवन गर्नु आवश्यक हुन्छ । हामि केहि पौष्टिक तत्वको बारेमा चर्चा गर्दैछौ, जुन मस्तिष्कको विकासको लागि लाभदायक हुन्छ ।

गोलभेँडा– गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

ओखर – जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

स्ट्रबरी – यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

दही – दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

जाइफल -जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्ष्ितकलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।

तुलसी-मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २र३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।