
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक दिउँसो बस्नेगरी सरेको छ ।
बैठक पार्टी कार्यालय पेरिस डाडामा दिउँसो २ बजे बस्नेगरी सरेको हो । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ।
आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ।
त्यसैगरी पार्टीको संगठन विस्तार लगायतका विषयमा छलफल हुनेछ ।