images

भारतको गणतन्त्र दिवशको अवशरमा ओलीले दिए शुभकामना, दुई देशको सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं । भारतको ७४ औं गणतन्त्र दिवशको अवशरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुभकामना दिनुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत शुभकामना सन्देश दिनुभएको छ ।

अध्यक्षओलीले मोदीलाई ट्विट मेन्सन गर्दै लेखेका छन्, ‘भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४ औं वर्ष (आजादीका अमृत महोत्सव), अर्थात् भारतीय गणतन्त्र दिवसको अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

साथै, ओलीले भारतीय गणतन्त्र दिवसको अवसरमा गहिरो आपसी मित्रता, पारस्परिक सम्मान र विश्वासमा आधारित सम्बन्ध विकास गर्दै विकासको मुद्दामा दुई देशबीचको सहकार्य मजबुत हुने विश्वास व्यक्त गरेका छन्।