
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई महासचिव बनाउने तयारी गरेको छ ।
हालै पार्टी प्रवेश गरेका गरेका भुसाललाई महासचिव र हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने तयारी भइरहेको हो ।
यसको औपचारिक निर्णय भने २१/२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने जनाइएको छ ।
चुनावअघि एमाले त्यागेका भुसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।