images

राष्ट्रपति पदका लागी नेपाली कांग्रेसले उम्मेदवारी दिन्छ : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनमा आफ्नो दलले उम्मेदवारी दिने स्पष्ट पार्नुभएको छ ।

बिहीवार कर्णाली प्रदेश अस्पतालको अनुगमन गर्ने क्रममा उहाँले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने र सफल पनि हुने दावी गर्नुभएको हो । उपसभापति खड्काले उम्मेदवारी दिने निर्णय पदाधिकारी बैठकबाटै भइसकेकाले पात्रको विषयमा भने छलफल हुने बताउने भयो ।

प्रदेश अस्पतालको अनुगमन गर्दै उपसभापति खड्काले कर्णाली प्रदेश अस्पतालले दिदँै आएको सेवा अन्य प्रदेश अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट भएको उल्लेख गर्नुभएको छ । अघिल्लो सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि तयारी थालेको भन्दै उहाँले अहिलेको सरकारले पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उपसभापति खड्काले अस्पतालमा रहेको कर्मचारी अभावको परिपूर्ति गर्न कर्णाली प्रदेशबाट निर्वाचित भएका सबै प्रतिनिधिसभा सदस्यहरुसँग मिलेर पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।