images
images

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी रिटमा सुनुवाइ सकियो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।

शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।

सुनुवाइपछि अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्।

संवैधानिक इजलासले यो मुद्दामा आजै फैसला सुनाउँछ कि फैसला सुनाउने दिन तोक्छ भन्ने अहिले स्पष्ट छैन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS