images
images

लागुऔषधसहित जनकपुरबाट चारजना पक्राउ

काठमाडौं । धनुषा प्रहरीले जनकपुरधामबाट लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ।

प्रहरीले एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरूलाई जनकपुरधामस्थित पिडारीचोकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

यस्तै जनकपुरधाम उपमहानगर(४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वेलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरीले जनाएको छ ।

अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पिडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा उक्त लागुऔषध बरामद गरिएको हो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS