images

रवि लामिछानेको मुद्दामा के फैसला गर्ने भन्ने बारे छलफल गर्न न्यायाधीशहरू छलफलमा, फैसला आजै

काठमाडौं, १३ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धि मुद्दामा सुनुवाई सकिएको छ । कानुन व्यवसायीहरुको बहस सकिएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलासका न्यायाधिशहरुको छलफल चलिरहेको बताइएको छ । लामिछानेको मुद्दामा दिने फैसलाबारे न्यायाधिशहरुबीच छलफल चलिरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च स्रोतका अनुसार संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको उक्त मुद्दामा आजै फैसला सुनाउने सम्भावना छ।

शुक्रबार संवैधानिक इजलासले लामिछानेविरूद्ध परेको रिटमा अन्तिम सुनुवाइ गरेको हो । लामिछानेका तर्फबाट केही वकिलले बहस गरेका थिए भने रिट निवेदकका वकिलले जवाफी बहस गरेका थिए।