
काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका राजदूत चेन सोङ्गबिच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्री श्रेष्ठकै कार्यकक्षमा नेपालका लागि चीनका राजदूत सोङ्गले शिष्टाचार भेटघाट गरेका हुन्।
भेटमा दुई देशबीचको सम्बन्ध र समयसामयिक विषयमा कुराकानी भएको बताइएको छ।