काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।
मेलबर्नमा भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।
३५ वर्षीय जोकोभिचले सित्सिपासमाथि ६–३,७–६(७–४) र ७–५ (७–५) को जित निकाले । यससँगै जोकोभिचले कीर्तिमानी १० औं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।
जोकोभिचको यो २२ औं ग्रान्डस्लाम उपाधि हो । जोकोभिचले सर्वाधिक धेरै २२ औं पटक ग्रान्डस्लाम जित्ने राफायल नाडालको कीर्तिमानमा समेत बराबरी गरेका छन् ।
महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् ।