
काठमाडौं । बाँकेमा एक व्यत्तव्यक्तिले श्रीमती र छोरालाई पेट्रोल खन्याएर आगो लगाएका छन् ।
आगो लगाउँदा छोराको मृत्यु भएको भने श्रीमती भने गम्भीर घाइते भएकी छिन् ।
कोहलपुरका भानुभक्त बिकले र श्रीमतीबिच आइतबार साँझ झगडा परेपछि पेट्रोल खन्याएर आगो लगाएका हुन् ।
श्रीमतीलाई आगो लगाउँदा २ वर्षीय छोरा प्रिन्सको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जलेर गम्भीर घाइते भएका आमा र छोरालाई उपचारका लागि भेरी अस्पतालमा लगिएकोमा छोराको सोमबार बिहान मृत्यु भएको हो ।
भारततर्फ भाग्दै गरेका बिकलाई प्रहरीले नेपाल–भारत सीमाबाट पक्राउ गरेको छ ।