
काठमाडौँ । आज सुनको तोलामा तीन सय रुपैयाले मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन मूल्य प्रतितोला तीन सयले बढेर एक लाख छ हजार तीन सयमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय कायम भएको छ । अघिल्लो दिनको एक लाख पाँच हजार पाँच सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।