images
images

एक्काइस बर्षपछि यूएसएआईडी प्रमुखले नेपाल भ्रमण गर्दै

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडी की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्।

यूएसएआईडीले जारी गरेको विज्ञप्तिअनुसार पावर फेब्रुअरीको पहिलो हप्तामै काठमाडौं आउन लागेकी छन्।

सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो नै उच्च तहको भ्रमण हो ।

त्यस्तै उनले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्ष लामो सम्बन्धलाई जोड दिने उल्लेख गरिएको छ ।

त्यसैगरी पावरले नेपालको संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज, मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरुलाई बलियो बनाउका लागि गति निर्माण गर्ने नयाँ प्रयासहरुको घोषणा गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यतिमात्र नभएर यूएसआईडीको नेपाल र नेपाल सरकारसँग गरेको प्रतिबद्धताहरु बढाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS