images
images

मंसिर ४ मा भएको निर्वाचनमा ६ अर्ब ५० करोड खर्च

काठमाडौं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ६ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ ।

शुक्रबार आयोगमा आयोजित कार्यक्रममा निर्वाचन खर्चबारे जानकारी गराइएको हो।

आयोगको प्रारम्भिक अनुमानमा उक्त रकम खर्च भएको हो। अब करिब ५० करोड भुक्तान गर्न बाँकी रहेको जनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्च रकम ७ अर्ब नकट्ने बताए।

निर्वाचनका लागि आयोगलाई १० अर्ब रूपैयाँ विनियोजन गरिएको थियो। त्यसमध्ये ८ अर्ब ४९ करोड ९९ लाख निकासा भएको थपलियाले बताए।

 

 

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS