images
images

लुम्बिनी प्रदेश सभाको छैठौ स्थापना दिवस आज मनाइँदै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैठौ स्थापना दिवस आज मनाइँदैछ ।

राप्ती उपत्यका देउखुरी प्रदेश सभा परिसरमा औपचारिक समारोहकाबीच प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।

२०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेकै दिनलाई हरेक वर्ष स्थापना दिवसका रुपमा मनाउने गरिएको छ।

प्रदेश सभाको पहिलो कार्यकालमा लुम्बिनी प्रदेशसभाले सबैभन्दा धेरै कानून बनाउन सफल भएको प्रदेश सभा सचिवालयले जनाएको छ , लुम्बिनी प्रदेशले अन्य प्रदेशको तुलनामा धेरै अर्थात ७२ वटा विधेयक सभाबाट पारित गरेको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री लिला गिरीले पाँच वर्षको अवधिमा प्रदेशको नाम राजधानी तोक्ने, त्यसलाई कार्यान्वयन गर्नेजस्ता महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।

मुख्यमन्त्री गिरिले मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS