images

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक बसेको थियो ।

बैठकले उपाध्यक्ष पदमा उम्मेदवारी नदिने र नेकपा (माओवादी केन्द्र) की उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक एवम् संसदीय समितिका पदेन सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

विपक्षी कांग्रेसले उम्मेदवारी नदिने भएपछि अर्याल निर्विरोध हुने सम्भावना प्रबल देखिएको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ।