images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा बस्ने कि बाहिरिने विषयमा अन्तिम निर्णय हुनेछ।

यसैबिच, बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने सामाजीक सञ्जालबाट जानकारी गराएका छन् ।

गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ।

निर्णायक भन्दै शनिबार बसेको बैठक बिना निष्कर्ष सकिएको थियो।