images

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

अर्यालले संघीय संसद सचिवालय नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको छ ।

मनोनयनका लागि साँझसम्मको समय छ ।

विपक्षी कांग्रेसले उम्मेदवारी नदिने र उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरिसकेको छ । यसकारण अर्याल निर्विरोध हुने सम्भावना प्रबल देखिएको छ ।