images

सत्तासाझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफु सत्तासाझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा रहेको बताउनु भएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिनु भएको हो । उहाँले आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतीनै गरेर अघि बढने कुरा गरिरहेको उल्लेख गर्नुभयो ।

सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताउनु भयो । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग फेरी भेट गर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आईतबार (आज) बिहान भएको भेटमा मन्त्रीहरु फिर्ता बोलाए पनि सरकारलाईं दिएको समर्थन भने फिर्ता नगर्ने बताउनु भएको पनि स्मरण गर्नु भयो ।