images

आज मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक सोमबार बस्ने भएको छ ।

बैठक सोमबार अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन कायमै राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

आइतबार रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि रित्त रहेको पदमा कसलाई के जिम्मेवारी दिने भन्ने तोकिएको छैन ।