images

नेकपा एसको राष्ट्रिय महाधिवेशन एक वर्षपछि हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

शनिबार र आइतबार २ दिन बसेको पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताउनु भयो ।

नेकपा एसले आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको हो ।