images

रास्वपाका निवर्तमान तीन मन्त्रीको पत्रकार सम्मेलन रोकियो, कारण खुल्न बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन रोकिएको छ ।

सोमबार केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्ने पूर्व निर्धारित कार्यक्रम रोकिएको हो । पत्रकार स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।

श्रम, रोजगार तथा सामाजीक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पत्रकार सम्मेलन गर्न लागेका थिए ।

रास्वपाले सरकारबाट बाहिरिने निर्णय आइतबार गरेको थियो । पार्टीले निर्णय गरेपछि आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रीहरुले राजीनामा बुझाएका थिए ।