images

रास्वपाका तीनमन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीसहित ५ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनमन्त्रीको राजीनामा स्वीकृत भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरिएको हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार राजीनामापछि रिक्त शिक्षा र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई तोकिएको छ । प्रधानमन्त्री सहित ५ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालको को काँधमा आएको छ । 

रास्वपाले हिजो सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यद्यपि सरकारमाथिको समर्थन भने कायमै राखेको छ ।